ad ad

समाज


बाढी-पहिरो : हालसम्म ७० को मृत्यु, ५ जना बेपत्ता

बाढी-पहिरो : हालसम्म ७० को मृत्यु, ५ जना बेपत्ता

नेपालखबर
असार २४, २०८१ सोमबार १४:१०, काठमाडौँ

अविरल वर्षाका कारण आएको बाढी पहिरालगायतका विपदमा परेर हालसम्म ७० जनाले ज्यान गुमाएका छन्।
      
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु भएको जानकारी दिए।

‘बाढी पहिरोमा ८६ जना घाइते र पाँच जना बेपत्ता छन्,’ उनले भने। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
      

यस अवधिमा बाढी पहिराका नौ सय ६६ घटना घटेका छन्। त्यसबाट ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपाया पनि मरेका छन्। भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ।
      
बाढी पहिरो पीडित नागरिकको उद्धारमा चार हजार सात सय ९० प्रहरी परिचालन गरिएको छ। 

बाढी पहिरोबाट नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .