ad ad

राजनीति


मुकुलको आरोप–रविलाई प्रचण्ड, ओली र देउवाको शैली मन पर्न थालेको छ

मुकुलको आरोप–रविलाई प्रचण्ड, ओली र देउवाको शैली मन पर्न थालेको छ

नेपालखबर
असार २६, २०८१ बुधबार १५:१९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नलम्बित महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले पुरानै पार्टीका नेताहरूको शैली मन पराउने आरोप लगाएका छन्।

‘मेरो शैलीकाबारेमा धेरै प्रश्न उठे,’ बुधबार पत्रकार सम्मेलनमा ढकालले भने, ‘मैले छ भनिरहेको छु, लाइभ गरौं, कसको शैली कस्तो छ देखिहाल्न नि भनेर।’

उनले अहिलेको रवि लामिछानेलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली र शेरबहादुर देउवाको शैली मन पराउन लागेको समेत आरोप लगाए।

‘आजको रवि लामिमछानेलाई प्रचण्डको शैली मन पर्छ। ओलीको शैली मन पर्छ। आज पनि उहाँ कतै त न कतै ७६(३) अनुसार देउवा प्रधानमन्त्री भइहाल्नुहुन्छ कि भनेर बस्नु भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .