ad ad

राजनीति


नयाँ प्रधानमन्त्रीको नियुक्ति आज नहुने

नयाँ प्रधानमन्त्रीको नियुक्ति आज नहुने

नेपालखबर
असार २८, २०८१ शुक्रबार २२:१८, काठमाडौँ

दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका केपी शर्मा ओलीको नियुक्ति आज (शुक्रबार) नहुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि एमाले अध्यक्ष ओलीले आजै साँझ दुई दलका अध्यक्षको हस्ताक्षरसहित दाबी पेश गरेका थिए।

यद्यपी आज नियुक्त नहुने नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

‘आज नियुक्त भएन। हामीले राष्ट्रपतिले भनेअनुसार दाबी पेश गरेका छौँ,’ एमाले प्रमुख सचेतक महेश बर्तौलाले नेपालखबरसँग भने, ‘कहिले नियुक्त गर्ने राष्ट्रपतिको कुरा भयो।’

यस्तै, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पनि दाबी पेश भएको र आइतबार साँझसम्मको समय तोकिएको स्पष्ट पारे।

‘दाबी भएको छ, राष्ट्रपतिले आइतबार साँझसम्मको समय तोक्नु भएको छ’ पोखरेलले नेपालखबरसँग भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले आइतबार साँझ ५ बजेभित्र नयाँ सरकार गठनको आह्वान गरेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .