नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन कुमार थापा समूहले पार्टीमा कम्तीमा ४ वटा मन्त्रालय माग गरेको छ।
पछिल्लो राजनीतिक अवस्था र सरकारमा मन्त्री पठाउने विषयमा छलफल भएको नेताहरूले बताएका छन्। कम्तीमा ४ वटा मन्त्रालय आफ्ना पक्षका नेताहरूले पाउनुपर्ने निष्कर्ष उनीहरूले गरेका छन्।
नेता कोइरालाको विशालनगरस्थित सचिवालयमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको बैठकमा सहभागी नेता अर्जुनरसिंह केसीले नेपालखबरलाई जानकारी दिए।
‘हामीले कम्तीमा ४ वटा मन्त्रालय पाउनुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ,’ केसीले नेपालखबरसँग भने।
आइतबारको छलफलमा नेताहरू धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडु, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी थिए।
बैठकमा सबैले आ–आफ्नो तर्फबाट धारणा राखेका थिए।
Shares
प्रतिक्रिया