जनता समाजवादी पार्टी, जसपा नेपालले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परेका पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।
अध्यक्ष उपेन्द्र यादवले आइतबार विज्ञप्ति जारी गर्दै शोक सन्तप्त परिवारमा समवेदनासहित घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।
‘यस प्राकृतिक विपद्मा परि जीवन गुमाउनुहुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त समस्त परिवारजनमा हार्दिक समवेदनासहित घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘घाईतेहरूको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था मिलाउन जसपा, नेपाल सरकारसँग आग्रह गर्दछ।’
147
Shares
प्रतिक्रिया