नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा आफ्नो पार्टीबाट सहभागी गराउने मन्त्रीको नामावलीबारे पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन्।
आइतबार साँझ एमाले अध्यक्षसमेत रहेका ओलीले निजी निवास बालकोटमा छलफल गरेका हुन्।
मन्त्रीको नाम टुंग्याएर भोलि (सोमबार) नै शपथ गराउने ओलीको तयारी रहेको छ।
प्रधानमन्त्री ओलीको शपथ भोलि विहान ११ बजे हुँदैछ।
एमालेले अर्थसहित भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमि व्यवस्था गरी आठ मन्त्रालयको नेतृत्व गर्नेछ।
यस्तै, कांग्रेसले भने आफ्नो भागमा परेका ९ वटा मन्त्रालयमा मन्त्रीको टुंगो लगाइसकेको छ।
1.8k
Shares
प्रतिक्रिया