राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा मन्त्रीको शपथ लिएसँगै नेपाली कांग्रेस र एमालेबाट निर्वाचित मन्त्रीहरू पार्टी कार्यालय पुगेका छन्।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित नवनियुक्त मन्त्रीहरू पृथ्वीसुब्बा गुरुङ, दामोदर भण्डारी, विद्या भट्टराई, बलराम अधिकारी लगायतका मन्त्रीहरू च्यासल पुगेका थिए।
त्यस्तै, नवनियुक्त कांग्रेसका मन्त्रीहरू प्रकाशमान सिंह, आरजु राणा देउवा लगायतका मन्त्रीहरू सानेपा पुगेका छन्।
उनीहरू त्यहाँबाट सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन्।
159
Shares
प्रतिक्रिया