नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारीलाई कर्मचारीको धर्नाका कारणले मन्त्रालय छिर्न पाएनन्। सोमबार मन्त्री बनेका अन्य सबै मन्त्रीहरूलाई सिंहदरबारमा खादामालासहित स्वागत चलिरहँदा उनी भने मन्त्रालय नै छिर्न नपाएका हुन्।
कृषि मन्त्रालयमा कर्मचारीहरू आन्दोलित भइरहेका थिए। उनले केहीबेर कर्मचारीको कुरा सुने। केहीदिन समय दिन आग्रह पनि गरे।
तर, मूलगेटमै धर्ना बसेका राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिकले उनलाई मन्त्रालय छिर्न दिएनन्।
त्यसपछि उनले पदभार ग्रहण कार्यक्रमलाई पछि सारेका छन्। मन्त्रालयबाट बाहिरिएपछि उनी केहीबेर क्यान्टिनमा गएर बसे।
कृषिमन्त्री अधिकारीले भने मन्त्रिपरिषदको बैठकपछि पदभार ग्रहण गर्ने बताएका छन्।
6.0k
Shares
प्रतिक्रिया