न्याय सेवा आयोगले दुई सचिवको सरुवा गर्न सिफारिस गरेको छ।
मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमको सरुवा गरेको हो।
सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको हो।
सापकोटा यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा थिए। प्रधानमन्त्री कार्यालयकी कानुन सचिव लीलादेवी गड्तौला मुख्यसचिव भएपछि रिक्त रहेको सो स्थानमा गौतमलाई लगिएको हो।
339
Shares
प्रतिक्रिया