ad ad

राजनीति


अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिनुपर्ने गगन थापाको प्रस्ताव

अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिनुपर्ने गगन थापाको प्रस्ताव

नेपालखबर
साउन २४, २०८१ बिहिबार १८:३१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिनुपर्ने प्रस्ताव गरेका छन्। बिहीवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन्।

थापाले अनुचित कार्य कसले हेर्ने भन्नेबारेमा अनुचित कार्य हेर्नका निम्ति छुट्टै एउटा कानूनी प्रवन्ध गर्नुपर्ने बताए। उनले राष्ट्रिय सतर्कता केन्द्रलाई थप सशक्त बनाएर सशक्त बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै राखेर अनुचित कार्य हेर्ने जिम्मा दिन सकिने बताए। 

‘अनुचित कार्य हुँदैन भनेको होइन, रोक्नुपर्छ भनेको पनि होइन, अनुचित कार्यको बारेमा कसले हेर्ने त, त्यसकारणले गर्दा अनुचित कार्य हेर्नका निम्ति कि छुट्टै एउटा कानूनी प्रवन्ध गर्नुपर्छ,’ थापाले भने, ‘त्यसमा पनि परिभाषित गर्नुपर्छ। राष्ट्रिय सतर्कता केन्द्रलाई बलियो बनाएर, थप सशक्त बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै राखेपनि हुन्छ। अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिँदा हुन्छ।

उनले नेपालमा ठूला ठूला भ्रष्टाचारका काण्डहरु मिलेमतोमा मात्रै भएको भन्दै मिलेमतो गर्नेकुरामा आवरण नीतिगत भ्रष्टाचालाई बनाइएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .