ad ad

राजनीति


पर्यटन बढाउन व्यवसायीको साथमा छौँ : मुख्यमन्त्री लामा

पर्यटन बढाउन व्यवसायीको साथमा छौँ : मुख्यमन्त्री लामा

नेपालखबर
साउन २६, २०८१ शनिबार १५:४०, काठमाडौँ

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटन क्षेत्रको  प्रवर्द्धनका लागि आफूहरू तयार रहेको बताएका छन्।

एकता होटल तथा गेस्टहाउस व्यवसायी संघ, नेपालले शनिवार काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएको उल्लेख गर्दै अब भने त्यस्तो गल्ती नगर्ने बताए।

‘पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न बागमती प्रदेश सरकार तयार छ। बागमती प्रदेशले पर्यटन प्रवद्र्धनका लागि यस अघि जुन लगानी गरेको छ। त्यो लगानी फजुलमा गरेको हामीले देख्यौँ,’ उनले भने, ‘मन्दिर, गुम्बा छरिएर बनाएको छ। सबै ठाउँमा छरेर बनाएर टुरिजम आउँदैन। अर्को डाँडामा टावर बनाएको छ। टावर कहाँ बनाउने, मन्दिरहरु कहाँ कहाँ बनाउने भन्नेकुरा फरक छ।’

पर्यटकलाई आकर्षित गर्ने गन्तव्य स्थलहरूको निर्माण गरेर उनीहरूलाई आकर्षित गर्न सकिने भएकाले त्यसमा प्रदेश सरकारले विशेष ध्यान दिने उनको भनाइ थियो।

मुख्यमन्त्री लामाले विभिन्न खालको पर्यटकहरू नेपाल आउने भएकाले उनीहरूको चाहना अनुसारको गन्तव्य स्थलहरूको निर्माणमा पनि प्रदेश सरकारले काम गर्ने पनि उल्लेख गरे। 

‘हाम्रो समाजलाई पनि शुद्धिकरण गरेर टुरिस्टिहरूलाई आकर्षित गर्ने कम्तिमा पनि २÷३ दिन घुम्ने ठाउँ चाहियो। पशुपतिमा धार्मिक पर्यटकको दृष्टिले आउँछ कोही। हरेक क्षेत्रको पर्यटकलाई आकर्षण दिने काम गर्नुपर्दछ   त्यसो गर्न सकियो भने हामी सफल हुनसक्छौं। त्यसकारण म के आश्वासन दिन चाहन्छु भने हामी व्यवसायीको पक्षमा छौं। व्यवसायीको समस्या हामीलाई थाहा छ,’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .