ad ad

राजनीति


संसद्‌मा बहस : बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीमाथि भएको आक्रमणमा सरकार मौन बस्नुहुँदैन

संसद्‌मा बहस : बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीमाथि भएको आक्रमणमा सरकार मौन बस्नुहुँदैन

नेपालखबर
साउन २९, २०८१ मंगलबार १४:५०, काठमाडौँ

बंगलादेशमा अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि भएको आक्रमणबारे सरकार मौन बस्नु नहुनेमा सांसदहरूले जोड दिएका छन्।

उनीहरूले बंगलादेशका पछिल्ला घटनाक्रमबारे संसदमा धारणा राख्दै सो बारेमा ध्यानाकर्षण गराएका हुन्। उनीहरूले सरकारले सो बारेमा आफ्नो धारणा बनाउनुपर्ने माग गरे।

नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि भएको आक्रमणको विषय सरकार मौन बस्न नहुने बताए।

मंगलवार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले अल्पसंख्यक हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि भएको क्रुर आक्रमणको निन्दा गर्दै सरकार मौन रहेकोमा दुःख व्यक्त गरे।

उनले बङ्गलादेशमा भएको ‘कु’ को मुल कारण व्यापक भ्रष्टाचार र शासकको निरंकुशता, अहंकार, दम्भ र प्रतिशोध भएको पनि दाबी गरे।

सांसद केसीले भ्रष्टाचार सिमित समुदायमा स्रोत र साधनमाथिको एकाधीपत्य अन्यायपूर्ण वितरण प्रणालीले देशमा कसरी अनिश्चितता निम्त्याउँछ भन्ने बंगलादेशको घटनाले शिक्षा दिएको पनि बताए।

बैठकमा नेकपा एमाले सांसद किरणकुमार साहले पनि बंगलादेशमा हिन्दुहरूमाथि भएको हिंसाका विषयमा मौन बस्न नहुने बताए।

उनले छिमेकी बंगलादेशमा हिन्दुहरूमाथि अतिवादीहरूबाट भइरहेको आक्रमण असह्य हुने बताउँदै यसबारे सरकारले बोल्नुपर्नेमा जोड दिए।

उनले नेपाल सरकारले बंलादेश सरकारालाई हिन्दुहरूमाथि भएको हिंसाका विषयमा कुटनीतिक माध्यमबाट ध्यानाकर्षण गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .