ad ad

राजनीति


प्रधानमन्त्रीको मिहेनत देखेर खुसी छु : गगन थापा

प्रधानमन्त्रीको मिहेनत देखेर खुसी छु : गगन थापा

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८१ मंगलबार १५:२५, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको काम कारबाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीेले मेहनत गरेको देख्दा खुसी लागेको टिप्पणी गरे। मन्त्रीहरूलाई भने २ वर्षको समय ठूलो भएकाले धेरै काम गर्न सकिने उनले बताए। 

कामको आधारमा मन्त्रीहरूको प्रशंसा र आलोचना दुवै गर्ने पनि उनले जिकिर गरे। 

‘प्रधानमन्त्रीले मेहनत गरेको देखिराखेको छु। खुसी लागेको छ। मन्त्रीजीहरूले सुरुमा खादामाला लगाउनुभएको भएपनि विस्तारै विस्तारै कार्य योजनाहरू बनाइ राख्नुभएको छ,’ उनले भने, ‘सुरुसुरुमा त्यस्तै हुन्छ। हामीलाई पनि त्यही थियो। तर मेरो अनुभव छ। यो २४ महिनाका लागि मन्त्री हुनुभएको छ। यो समय भनेको सानो समय होइन।’

मन्त्रीहरूले गलत काम गरे आफूले आलोचना गर्ने महामन्त्री थापाले बताए। मन्त्रीहरूलाई आफ्नो कार्यकाल हेरेर कार्ययोजना बनाउन पनि सुझाव उनले दिए।

‘नौ महिनाको मन्त्री हुँदाको मेरो अनुभव छ। यो समय भित्र धेरै गर्न सकिन्छ। त्यसैले म सम्माननीय प्रधानमन्त्रीजीलाई त उहाँ भएको बेलामा नै भनौँला।तर म समाननीय सभामुखमार्फत सरकारमा रहेका मन्त्रीहरूलाई भन्न चाहन्छु–हामी सबैको शुभेच्छा छ। हाम्रो साथ छ,’ महामन्त्री थापाले भने, ‘हामी आतुर छौँ तपाईंहरूलाई मद्दत गर्नका लागि। हामी कामको आधारमा प्रशंशा गर्न चाहन्छौँ। तर हामी प्रश्न पनि गर्छौँ। गलत गर्न भयो भने हामी आलोचना पनि गर्छौँ।’

महामन्त्री थापाले एक महिनाको अवधिमा कार्ययोजना बनाउने काममा मन्त्रीहरूले समय व्यतित गरेको आफूले बुझेको उल्लेख गर्दै अब काममा तिब्रता दिनुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .