ad ad

राजनीति


मन्त्रिपरिषद्ले ६ जनालाई नियुक्ति दियो, २ सहसचिवको राजीनामा स्वीकृत

मन्त्रिपरिषद्ले ६ जनालाई नियुक्ति दियो, २ सहसचिवको राजीनामा स्वीकृत

नेपालखबर
साउन २९, २०८१ मंगलबार १७:५४, काठमाडौँ

मन्त्रिपरिषद्को सोमबार बसेको बैठक विभिन्न निकायमा गरी ६ जनालाई नियुक्त र मनोनयन गरेको छ।

उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रिक्त महाप्रबन्धक पदमा धादिङका रमेश आचार्यलाई नियुक्त छ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरेको छ।

यस्तै सरकारले भूउपयोग परिषद्को सदस्यमा डा. रेवतीरमण पौडेल, डा. यमुना घले, डा. रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गरेको छ।

बैठकले निजामती सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरू इन्द्रविक्रम जोशी र खुमलप्रसाद धमलाले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .