ad ad

राजनीति


अमेरिकी विदेश मन्त्रालयका उपराज्यमन्त्री बर्मा नेपाल आउँदै

अमेरिकी विदेश मन्त्रालयका उपराज्यमन्त्री बर्मा नेपाल आउँदै

नेपालखबर
साउन ३१, २०८१ बिहिबार २३:५, काठमाडौँ

अमेरिकी विदेश मन्त्रालयका व्यवस्थापन र स्रोतसम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्माले नेपाल र भारतको भ्रमण गर्ने भएका छन्। उनी शुक्रबार नेपाल भ्रमणमा आउन लागेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ।

विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार बर्माले साउन ३२ (अगस्ट १६) मा नेपालमा राजनीतिक भेटवार्ता गर्नेछन्। त्यसपछि उनी भारतको भ्रमण गर्नेछन्। उनी असोज ६ (अगस्ट २२) मा भारतबाट स्वदेश फर्किनेछन्।

बर्मा नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डलले नेपालमा आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा र जनस्तरको सम्बन्धमा साझा प्राथमिकताका बारेमा छलफल गर्ने र त्यस क्रममा उच्च सरकारी अधिकारी, विकास व्यवसायी र व्यवसायी नेताहरूसँग भेट गर्ने कार्यक्रम तय भएको छ। 

बर्मा अमेरिकी विदेशमन्त्रीका मुख्य सल्लाहकार मानिन्छन्। उनी बाराक ओबामा राष्ट्रपति छँदा भारतका लागि अमेरिकी राजदूत नियुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .