ad ad

राजनीति


एकीकृत समाजवादीको बैठक भदौ दोस्रो साता

एकीकृत समाजवादीको बैठक भदौ दोस्रो साता

फाइल तस्बिर


नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १४:९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आगामी भदौ दोस्रो साता काठमाडौँमा हुने भएको छ। 

भदौ नौ गते बिहान ११ बजेदेखि सुरु हुने बैठक भदौ ११ गतेसम्म सञ्चालन हुने महासचिव घनश्याम भुसालले जानकारी दिए। 

उनले बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माणसहितका विषयमा छलफल हुने बताए। 

गएको असार २० गते महाधिवेशन सकेको एकीकृत समाजवादीले त्यसको एक महिनापछि केन्द्रीय समितिलाई पूर्णता दिएको थियाे। 

महाधिवेशनबाट ९३ जना केन्द्रीय सदस्य चयन गरेको एकीकृत समाजवादीले पछि केन्द्रीय समिति विस्तार गरेर २ सय ५१ बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .