ad ad

राजनीति


गगन थापा भन्छन् : सञ्चार माध्यममा बोल्दा पनि डर लाग्छ

गगन थापा भन्छन् : सञ्चार माध्यममा बोल्दा पनि डर लाग्छ

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १९:१८, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चार माध्यामहरूले सही सूचना दिन नसकेको टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सञ्चार माध्यामहरूले सही सूचना नदिँदा आफूलाई अभिव्यक्ति दिँदा पनि डर लाग्ने गरेको गुनासो गरेका हुन्।

उनले १० मिनेट बोलेको दर्शकसम्म पुग्दा १० सेकेन्डको मात्रै हुने हुँदा त्यसले आफ्नो भनाइको भाव बोक्न नसक्ने उल्लेख गरे।

सामाजिक सञ्जालले पनि एकअर्कामा पीडा थप्ने काम गरिरहेको उनको भनाइ थियो। उनले राजनीतिकभन्दा फरक विषयको खोजी गर्न सके सञ्चार माध्यामहरूको बजार थप हुने सम्भावना पनि औँल्याए।

महामन्त्री थापाले भने, ‘गीत, संगीत, कला जेजे भने पनि सबै यति धेरै त्यो हाम्रो राजनीतिक गतिविधिको वरिपरि घुम्न थालेको छ। गाली गरे पनि त्यसमा नै, नयाँ सृजना गरे पनि त्यसमै, रेडियोमा बोल्दै त्यो प्रस्तोताले पनि दुईवटा गीतको बीचमा राजनीतिक वरिपरिकै कुरा भनिरहेको हुन्छ। त्योभन्दा पर जान सकेका छैनौँ। जसले गर्दा त्यो ओभर क्राउडेट भएको छ।’

सञ्चार माध्यमले सही सूचना दिन नसक्दा विश्वसनीयतामा प्रश्न उठेको उनको भनाइ थियो।

‘हामीलाई आजभोली कहीँ गएर बोल्दा डर लाग्छ। मैले अहिले १० मिनेट यहाँ बोलेँ भने साँझ सुन्न स्रोतसम्म पुग्दा वा हेर्ने दर्शकसम्म पुग्दा त्यो १० सेकेन्डको मात्रै हुन्छ। त्यो १० सेकेन्डले मेरो १० मिनेटको भाव बोक्दैन। तर त्यसैको आधारमा मेरो धारणा बनाउँछ। जसले बजाएको छ, उसलाई आज मैले देखाइदिएँ भन्ने लाग्छ। तर कुनै बेला ऊ आफैँ हेर्नेमा पर्छ। यसकारण हामी एकअर्काका पीडित हौँ। हाम्रो सामाजिक सञ्जालको जुन उद्योग छ, त्यसले पनि एकअर्कालाई दुःख दिइराखेको छ। यसबाट माथि उठ्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .