ad ad

राजनीति


भारतीय विदेशमन्त्रीसँगको भेटपछि परराष्ट्रमन्त्री- आपसी सहयोगका विषयमा छलफल भयो

भारतीय विदेशमन्त्रीसँगको भेटपछि परराष्ट्रमन्त्री- आपसी सहयोगका विषयमा छलफल भयो

नेपालखबर
भदौ ३, २०८१ सोमबार १४:४, काठमाडौँ

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटले नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा आफूले गरेको बताएकी छिन्।

पाँच दिने भारतको औपचारिक भ्रमणमा रहेकी राणाले सोमबार भारतीय विदेशमन्त्रीसँग भेटवार्ता गरेकी थिइन्। भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षमा छलफल भएको बताएकी छिन्। 

‘भारतीय विदेशमन्त्री श्री एस जयशंकरसँग आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ,’ भेटबारे जानकारी गराउँदै उनले फेसबुकमा लेखेकी छिन्, ‘भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो। यस भ्रमणबाट सदियौँ पुरानो नेपाल भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु।’

परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ।

द्वीपक्षीय भेटमा भारतको तर्फबाट भारतीय विदेश सचिव विक्रिम मिस्री, नेपालका लागि भारतीय राजदूत र नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तव लगायत सहभागी थिए। 

त्यस्तै नेपालको तर्फबाट कार्यबहाक राजदूत डा. सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .