राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी महामन्त्रीबाट निलम्बित डा. मुकुल ढकाललाई अन्तिम एकपटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो।
‘उहाँले पार्टीलाई थप आरोप लगाइरहनुभएको छ,’ एक सदस्यले भने, ‘अनुशासन आयोगले गरेको सिफारिस अनुसार थप २४ घण्टाको समय दिइएको छ।’
ढकालले २४ घण्टाभित्र स्पष्टीकरण बुझाए र उक्त स्पष्टीकरण चित्तबुझ्दो भएमा पार्टीले थप निर्णय गर्ने ती सदस्यले जानकारी दिए।
93
Shares
प्रतिक्रिया