ad ad

राजनीति


सहकारीको रकम अपचलनबारे रविले पार्टीमा भने– ७ गते बयानमा जान्छु, फर्किएर सबै भन्छु

सहकारीको रकम अपचलनबारे रविले पार्टीमा भने– ७ गते बयानमा जान्छु, फर्किएर सबै भन्छु

बुधबार बसेको पार्टी केन्द्रीय समिति बैठक (तस्बिर : रास्वपा सचिवालय)


नेपालखबर
भदौ ५, २०८१ बुधबार १३:४८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आफूलाई बयानका लागि बोलाएको बारे पार्टी बैठकमा जानकारी गराएका छन्। 

बुधबार बिहान बसेको रास्वपा केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफूुलाई बयानका लागि बोलाइएकोबारे जानकारी गराएका हुन्। 

साथै, उनले उक्त बयान दिन आफू तयार रहेको पनि बताएका छन्। 

‘मलाई ७ गते बयानका लागि बोलाइएको छ। म जान्छु। प्रश्न के सोध्छन् भन्ने अहिले नै केही थाहा छैन,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘मसँग अहिले नै यसबारे भन्ने केही कुरा पनि छैन। त्यहाँबाट फर्किएपछि पार्टीलाई जानकारी गराउँछु।’

पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामार्फत रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ।

यी लगायत देशभरका समस्याग्रस्त झण्डै १ सय सहकारीका सञ्चालक र सेयर सदस्यहरूसँग समितिले बयान लिइरहेको छ। 

समितिका सभापति सूर्य थापाका अनुसार, बयान लिने क्रम अन्तिम चरणमा पुगेको र अब प्रतिवेदन लेखनमा केन्द्रीत हुनेछ।

समितिका एक सदस्यका अनुसार, आगामी भदौ ७ गते लामिछानेसहित गोरखा मिडियामै आवद्ध अर्का एकजनाको बयान लिइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .