ad ad

राजनीति


सच्चा सहकारीहरूको व्यापक नेटवर्क बनाउनुपर्छ : प्रधानमन्त्री ओली

सच्चा सहकारीहरूको व्यापक नेटवर्क बनाउनुपर्छ : प्रधानमन्त्री ओली

नेपालखबर
भदौ ५, २०८१ बुधबार १४:५१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकुल वातावरण बनेको बताएका छन्।

बुधबार काठमाडौँमा स्टार्टअप नेसन,२०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले स्टार्टअपका अनुकुल वातावरण रहेको बताएका हुन्। 

उनले कामको खोजिमा युवाहरु दिनहुँ विदेशिरहेको भन्दै नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने बताए। देहबाट बाहिरिने युवाहरूका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे। 

‘स—साना पुँजीले अलि ठूला कामहरू गर्नेगरी अघि बढ्नुपर्छ। स्टार्टअप विभिन्न क्षेत्रमा चान्स छ। अब हामीकहाँ एक ढंगले भन्ने हो स्टार्टअपका लागि अनुकुल वातावरण बनेको छ। हाम्रा युवाहरू बाहिर गइरहेका छन् कामको खोजिमा, त्यो भन्दा राम्रो अवस्था यहाँ स्टार्टअपबाट ल्याउन सकिन्छ। सिप, आम्दानी, आत्मविश्वास बढाउन सकिन्छ,’ प्रधानमन्त्री ओलीले भने। 

प्रधानमन्त्री ओलीले सिप, आम्दानी, आत्मविश्वास बढाउने कार्यक्रमहरु सरकारले ल्याउने पनि जानकारी गराउँदै उनले सहकारीमा गैरसहकारी तत्वहरुको प्रवेशले सहकारीप्रतिको आम नागरिकको विश्वास गुमेको बताए। 

‘हामीले सहकारीका माध्यमबाट केही चिज गर्न खोज्यौँ। सहकारीमा गैरसहकारी तत्वहरु केही सहकारीमा प्रवश गरे। सहकारी अचानक ठूला भए। सहकारीको उद्देश्य, सहकारीको मूल्य मान्यताअनुसार चलेनन् र सम्पूर्ण सहकारीप्रति जनताको एक ढंगको विश्वास कमजोर हुने खालको स्थिति बन्यो। हुनतः हजारौँ सहकारीमध्ये केही सहकारी हुन्। सरकारले समस्याग्रस्त भनेर पनि छुट्याइसकेको छ,’ उनले भने, ‘कतिपय सहकारी अफ्ठ्यारोमा पारिएको छ। यो चिज गैरसहकारी तत्वहरू त्यसमा घुसेर हो। सहकारी गर्दागर्दै नजानेर भन्दा पनि गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले प्रवेश गरेर सहकारीप्रतिको निष्ठा रहेन। सहकारीको उद्देश्यप्रतिको बेइमानी भयो। सहकारीप्रतिको विश्वासलाई फेरि पनि अघि बढाउँछौँ। अघि बढाउनु पर्छ। सच्चा सहकारीहरूको व्यापक नेटवर्क बनाउनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .