ad ad

राजनीति


‘सरकारले सय दिनमा गर्ने कामको योजना छिट्टै सार्वजनिक हुन्छ’

‘सरकारले सय दिनमा गर्ने कामको योजना छिट्टै सार्वजनिक हुन्छ’

नेपालखबर
भदौ ५, २०८१ बुधबार १५:४७, काठमाडौँ

नेपाल सरकारले सय दिनमा गर्ने कामहरुको योजना सार्वजनिक गर्ने भएको छ।

मुख्यसचिव लीलादेवी गड्तौलाले सरकारले सय दिनमा सम्पादन गर्ने कामहरुको योजना छिट्टै सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएकी हुन्।

नेपाल उद्योग परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गत वर्ष भन्दा यस वर्ष सरकारले बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा बढी सफलता हात पर्ने दाबी समेत गरिन्।

गत वर्षभन्दा यस वर्ष बजेटमा उल्लेखित कार्यक्रमहरू कार्यान्वयन हुने र बजेट पनि खर्च हुने मुख्यसचिव गड्तौलाको दाबी थियो। उनले आफूले बजेटबारे धेरै बोल्न नमिल्ने तर्क समेत गरिन्। सम्बन्धित मन्त्रालयले बजेट कार्यान्वयन गर्ने भएकाले आफूले त्यसमा बढी बोल्न उपयुक्त नहुने मुख्य सचिव गडतौलाको स्पष्टिकरण थियो।

‘नेपाल सरकारले अहिलेको सरकारले सय दिन भित्रमा गर्ने काम के के हुन्? भन्ने कुरा अब छिट्टै नै बाहिर ल्याउँदैछ। त्यो सय दिन भित्र गर्ने काम धेरै नै यहाँ पर्ने मैले महशुस गरेको छु’ उनले भनिन्, ‘अब गत वर्षभन्दा यस वर्ष पक्कै पनि बजेटमा यो कार्यक्रमहरु पनि कार्यान्वयन हुन्छन्। बजेट पनि खर्च गर्छ। सिएनआईले वाच गरेर अर्को चोटीको गोलो डाटामा कामै नगरेको भन्दै आउँदैन होला भन्ने मलाई लाग्छ।’

मुख्यसचिव गडतौलाले आफ्नो जिम्मेवारी पूरा गर्न सचिवहरूलाई निर्देशन समेत दिइन्। उनले जिम्मेवार निकायमा बस्नेहरूले बोल्ने भन्दा पनि काम गरेर परिणाम देखाउन केन्द्रित हुनुपर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .