ad ad

राजनीति


प्रधानमन्त्रीको दाबी– संविधान संशोधन अग्रगमनकै लागि हुन्छ

प्रधानमन्त्रीको दाबी– संविधान संशोधन अग्रगमनकै लागि हुन्छ

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १७:१२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन अग्रगमनका लागि हुने दाबी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

‘संविधान संशोधन सम्बन्धीप्रश्नको विषयमा मैले यस अघि नै जबाफदिइसकेको व्यहोरा जानकारी गराउन चाहन्छु। आवश्यकतानुसार छलफल गरेर संविधान संशोधन गर्न सकिन्छ। संशोधन अग्रगमनका लागि नै हुनेछ,’ प्रधानमन्त्री ओलीले भने।

उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति पटक पटक आफूले सार्वजनिक गरिसकेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .