ad ad

राजनीति


हिमताल फुटेपछि सरकारले श्रद्धाञ्जली दिनेबाहेक केही गरेन : वामदेव

हिमताल फुटेपछि सरकारले श्रद्धाञ्जली दिनेबाहेक केही गरेन : वामदेव

नेपालखबर
भदौ ९, २०८१ आइतबार १५:९, काठमाडौँ

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हिमताल फुट्नबाट जोगाउन सकिने बताएका छन्।

आइतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सयमा नै ध्यान दिनसके हिमताललाई जोगाउन सकिने उनको भनाई छ।

गौतमले त्यसबाट हुनसक्ने जनताको रक्षा गर्नसकिने बताए। उनले सोलुखुम्बुको थामेमा हिमताल फुटेसँगै आम नागरिकमा त्रास फैलिएको भन्दै अझै ६ वटा हिमताल फुट्ने क्रममा रहेको तर जोगाउन सकिने बताए।

उनले भने, ‘हिमताल जोगाउन सकिन्छ, फुट्नबाट जोगाउन सकिन्छ, जनताको रक्षा गर्न सकिन्छ। दिमागमा त्यो सोच्नसक्ने व्यक्तिहरुले नेतृत्व गर्नुपर्छ। सोलुमा हिमताल फुट्यो, नोक्शान भयो। श्रद्धाञ्जली दिने भन्दा केही गर्न सकिएन।’

सांसद गौतमले नेपालमा निर्माणको कारणले सडक दुर्घटना नभइ प्राकृतिक कारणले सडक दुर्घटना हुने गरेको दाबी पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .