ad ad

राजनीति


ओमानका विदेशमन्त्री भोलि नेपाल आउँदै, उच्चस्तरीय भेटवार्ता गर्ने

ओमानका विदेशमन्त्री भोलि नेपाल आउँदै, उच्चस्तरीय भेटवार्ता गर्ने

नेपालखबर
भदौ ९, २०८१ आइतबार १६:५६, काठमाडौँ

ओमानका विदेशमन्त्री सैय्यद बद्र अल–बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि भोलि (सोमबार) नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।

भ्रमणमा क्रममा दुई देशका परराष्ट्रमन्त्रबीच नेपाल–ओमान सम्बन्धलाई थप बलियो बनाउनेबारे विभिन्न पक्षमा कुराकानी हुने मन्त्रालयले बताएको छ। ओमान र नेपालबीच पहिलो पटक गत अगष्ट  ७ मा मस्कटमा पहिलो पटक द्वीपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बसेको थियो।

ओमानी विदेशमन्त्रीले भ्रमणमा क्रममा राष्ट्रपछि रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने तालिका रहेको छ।

ओमानका विदेशमन्त्री मंगलबार स्वदेश फर्किने छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .