नेपाली कांग्रेसका उपसभापति र महामन्त्रीसँग सभापति शेरबहादुर देउवाको छलफल जारी छ। सभापति देउवा निवास बूढानीलकण्ठमा सभापति देउवासँग उपसभापति र महामन्त्रीबीच छलफल चलिरहेको सभापतिको सचिवालयले जानकारी दिएको छ।
देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन्।
साउनदेखि जारी कांग्रेसको केन्द्रीय समितिको बैठकमा खड्का, थापा र शर्माले पेस गरेको राजनीतिक प्रतिवेदनका विषयमा देउवाले आज आफ्नै निवासमा उल्लिखित चार पदाधिकारीसँग छलफल गर्न लागेका हुन्।
यस क्रममा देउवाले तीनै जनाको प्रतिवेदनमा समेटिएका विषयबारे छलफल गर्ने बताइएको छ।
केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा नेताहरूले धारणा राखिरहेका छन्।
शर्माको प्रतिवेदनमा राखिएका नेतहरूको एक्जिट सम्बन्धी प्रस्तावमा केन्द्रीय नेताहरू विभाजित छन्।
त्यही भएर देउवाले प्रतिवेदन परिमार्जन वा संशोधन गराउन छुट्टै छलफल गरेका हुन्।
Shares
प्रतिक्रिया