ad ad

राजनीति


संघीय निजामती विधेयकमा १५८३ वटा संशोधन, शीर्ष नेता गुहार्दै मन्त्री गुप्ता

संघीय निजामती विधेयकमा १५८३ वटा संशोधन, शीर्ष नेता गुहार्दै मन्त्री गुप्ता

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १५:३५, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गुप्ताले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समिति बाट पारित गराउन उच्च राजनीतिक तहसँग समन्वय गर्ने बताएका हुन्। समितिमा आजदेखि विधेयकमाथिको सैद्धान्तिक छलफल प्रारम्भ भएको छ।

बैठकमा बोल्दै उनले विधेयकमा १ हजार ५८३ वटा संशोधन प्रस्ताव रहेको र संशोधनमाथि छलफल गर्दा छलफलमै दुई वर्ष बित्न सक्ने भन्दै उच्च राजनीतिक तहसँग समन्वय गरेर निर्देशन लिने बताए। उनले यस विधेयकलाई प्राथमिकतामा राखेर अगाडि बढाउन समिति समक्ष आग्रह गरे।

उनले भने, ‘१५८३ वटा संशोधन प्रस्ताव छ। यसलाई छलफलमा लगियो भने यो छलफल नै वर्ष, दुई वर्ष जान्छ। हामी उच्च राजनीतिक तहमा समन्वय गर्छौं। उहाँहरुको निर्देशन लिन्छौँ। र छलफल गरेर अगाडी बढ्छौँ।’

मन्त्री गुप्ताले बाराको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको वैदेशिक भ्रमण रोकेको भन्दै एक सांसदले प्रश्न उठाएका थिए। सो प्रश्नको जवाफ दिँदै उनले काफ्लेले मन्त्रालयसँग समन्वय तथा सम्पर्क नगरेकोले बाध्य भएर भ्रमण रद्द गर्नु परेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .