सिधाकुरा नामक न्युज पोर्टल तथा युट्युब च्यानलविरुद्ध परेको अवहेलना मुद्दामा आगामी फैसला सुनाउने मिति फेरि धकेलिएको छ। बिहीबार (आज) फैसला सुनाउने तय भएको भएपछि त्यो मिति सारिएको सर्वोच्च अदालत प्रशासनले जानकारी गराएको छ।
प्रशासनका अनुसार, फैसला सुनाउने मिति आगामी असोज १० गतेका लागि तोकिएको छ।
सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर शृंखला प्रकाशन/प्रसारण गरेको थियो। सिधाकुराले प्रसारण गरेको विवादित अडिओका विषयमा सर्वोच्च अदालत प्रशासनले नै प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो।
सोही मुद्दाको छिनोफानो गर्न गत जेठ ३० गते न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको इजलासले दिएको आदेशबमोजिम बृहत् आकारको ९ सदस्यीय इजलास गठन गरिएको थियो।
उक्त सामग्रीमा ४३ वर्ष लामो करिअरमा विवादमै नआएका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको नाम जोडिएको थियो।
सिधाकुराले सार्वजनिक गरेको उक्त अडियो नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट ‘फेक’ प्रमाणित भइसकेको छ।
Shares
प्रतिक्रिया