प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ‘जनयुद्ध महान नै थियो भने किन छोडेर आएको’ भन्दै प्रश्न गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबारको एक कार्यक्रममा ओलीलाई लक्षित गर्दै सरकारमा बसेका मान्छेहरुले नै 'जनयुद्धलाई हिंसा भन्ने दुस्साहस गरेको' भन्दै त्यसको भण्डाफोरमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए।
ओलीले हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न समेत प्रचण्डलाई आग्रह गरे। ‘अब जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहर, निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोज्यो भने देशले त्यसलाई अस्वीकार गर्छ,’ उनको भनाइ छ, ‘बाटो बदल्नुपर्छ। मैले पनि झापा आन्दोलनताका जुन नीतिहरु लिएको थिएँ, त्यो सही नीति भएनछ अगाडि बढ्ने, बदलियो। सही भएन त बदल्नुपर्छ। त्यस्तै अरुले चलाएका अनावश्यक हिंसा आदि पनि छोड्नुपर्छ। बदल्नुपर्छ। हिंसाको महिमा मण्डन गरेर हामी अघि बढ्न सक्दैनौँ।’
Shares
प्रतिक्रिया