राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले सहकारीको एक रुपैयाँ पनि रकम अपचलन नगरेको बयान दिएका छन्। सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेका संसदीय विशेष समितिलाई बयान दिने क्रममा उनले यस्तो बताएका हुन्।
समितिल लिएको बयानमा लामिछानेले गोर्खा मिडिया छाडेर जाँदा एक पैसा नलगेको र सहकारी संस्थालाई नोक्सानी पु¥याउने कुनै काम नगरेको बताएका छन्।
समितिले गत भदौ ३१ गते बसेको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गरेको थियो।
उक्त प्रतिवेदन संसद् सचिवालयले बेवसाइटमार्फत सार्वजनिक गरेको हो।
रविले बयानका क्रममा भनेका छन्, ‘कम्पनी छोडेर जाँदा एक पैसा लगेको छैन। मैले सहकारी संस्थालाई हानि नोक्सानी पु¥याउने कुनै काम गरेको छैन, मेरो पेटमा सहकारीको एक रूपैयाँ परेको पनि छैन।’
साथै, रविले आफूलाई त्यतिबेलासम्म पनि जीबी राईको सहकारी छ भन्ने कुनै जानकारी नभएको बयानमा बताएका छन्।
‘त्यतिन्जेल सम्म मलाई जिबी राईको कुनै सहकारी छ भन्ने कुनै जानकारी समेत थिएन,’ रविले बयानमा भनेका छन्, ‘जीबी राई विभिन्न कम्पनी चलाएका व्यक्ति हुन्, उनका नेचर हर्ब्स, नेचर नेष्ट जस्ता बहुराष्ट्रिय कम्पनीहरू छन् भन्ने बुझें, उनको आर्थिक हैसियत अत्यन्त सबल रहेको बुझें। त्यतिबेलासम्म कुनै किसिमको विवादमा पनि परेको मैले पाइनँ।’
रविले बयानका क्रममा छविलाल जोशी र जीबी राईले आफू आउनुअघि नै कम्पनी खडा गरिसकेको पनि बताएका छन्।
Shares
प्रतिक्रिया