ad ad

राजनीति


मध्यराति रविले लेखे: न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू...

मध्यराति रविले लेखे: न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू...

नेपालखबर
असोज ७, २०८१ सोमबार ४:३२, काठमाडौँ

सहकारीको रकम अपचलन प्रकरणमा सरकारले पक्राउ गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति मध्यराति आक्रोश पोखेका छन्। 

हाल प्रधानमन्त्री ओली अमेरिकामा भ्रमणमा छन्। यता सहकारी छानबिनका लागि गठित संसदीय विशेष समितिले दोषी औँल्याएकाहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ। गृहमन्त्री रमेश लेखकले निर्देशन दिएलगत्तै सो प्रकरणमा प्रहरीले आइतबार नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरिसकेको छ भने पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पक्राउ गर्ने तयारी गरिरहेको छ। 

यसै क्रममा लामिछानेले मध्यराति सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीप्रति आक्रोशपूर्ण व्यंग्य गरेका हुन्। 

उनले लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू, फर्केर आउनुस्, बसेर कुरा गरौँ, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि....।’

सभापति लामिछानेलाई पक्राउ गर्ने तयारी गरिएपछि काठमाडौँको चःमतीस्थित पार्टी कार्यालयमा रविसहित रास्वपाक नेता कार्यकर्ता राति अबेरसम्म भेला भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .