ad ad

राजनीति


अखिल क्रान्तिकारीको सम्मेलन: नेतृत्त्वमा उमेरहद लागू गर्ने कि नगर्ने निर्वाचनबाट निर्णय गरिँदै

अखिल क्रान्तिकारीको सम्मेलन: नेतृत्त्वमा उमेरहद लागू गर्ने कि नगर्ने निर्वाचनबाट निर्णय गरिँदै

नेपालखबर
असोज १४, २०८१ सोमबार १०:४५, काठमाडौँ

माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वको लागि उमेर हद लागू गर्ने कि नगर्ने भन्ने निर्णय निर्वाचनबाट गरिने भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीको नेतृत्वको लागि उमेरहद लागू गर्ने कि नगर्ने भन्ने विषयमा पदाधिकारीबीच निर्वाचन गर्न निर्देशन दिएका छन्। 

क्रान्तिकारीका उपाध्यक्ष तथा प्रवक्ता जीपी मैनालीका अनुसार अब अध्यक्ष प्रचण्डको निर्देशन अनुसार नेतृत्वको लागि उमेरहदको विषयमा निर्वाचनबाट निर्णय लिने जानकारी दिए। 

‘अध्यक्षको निर्देशन अनुसार अब उमेरहद २८, ३० वा ३२ कति वर्षसम्म कायम गर्ने? अथवा उमेरहद लाग्नु गर्ने कि नगर्ने निर्णय पदाधिकारीबीचको निर्वाचनबाट हुनेछ,’ मैनालीले भने। 

यही असोज १० गतेदेखि काठमाडौँमा सुरु भएको क्रान्तिकारीको सम्मेलन वर्षा र बाढीपहिरोले मुलुक आक्रान्त भएपछि केही दिनको लागि स्थगित भएको छ। सम्मेलनका अरु प्रक्रिया पूरा भए  पनि निर्वाचन प्रक्रिया भने अझै सुरु भएको छैन। 

क्रान्तिकारीको यसअघि तय भएको सम्मेलन नेतृत्वबीच सहमति हुन नसक्दा पटक–पटक सर्दै आएको थियो।

१० गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा अध्यक्ष प्रचण्डले सम्मेलनको उद्घाटन गरेका थिए। 

११ गते विधान प्रतिवेदनमाथि छलफल हुने र १२ गते नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका थियो। तर, बाढीपहिरोले मुलुक आक्रान्त बनेपछि सम्मेलन केही दिनका लागि रोकिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .