ad ad

राजनीति


उमेर हदको विषयमा विवाद हुँदा अखिल क्रान्तिकारीको सम्मेलनमा कुटाकुट

उमेर हदको विषयमा विवाद हुँदा अखिल क्रान्तिकारीको सम्मेलनमा कुटाकुट

नेपालखबर
असोज १४, २०८१ सोमबार १५:४, काठमाडौँ

नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा लफडा भएको छ। काठमाडौँको कीर्तिपुरमा गत असोज १० गतेदेखि सुरु भएको सम्मेलनमा सोमबार उमेर हदको विषयमा विवाद सुरु भएपछि झडपको अवस्था सिर्जना भएको हो। 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी नेताहरूलाई खुमलटार बोलाएर उमेरहदको विकल्पमा मतदानबाट निर्णय गर्न निर्देशन दिएका थिए। क्रान्तिकारीको नेतृत्वको लागि उमेरहद लागू गर्ने कि नगर्ने भन्ने विषयमा पदाधिकारीबीच निर्वाचन गर्न प्रचण्डको निर्देशन थियो।

तर २८, ३० र ३२ वर्षको उमेर हदबन्दीबारे दुई पक्षबीच विवाद बढ्दै जाँदा सम्मेलनस्थलमा कुर्सी हानाहानकै अवस्था सिर्जना भएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले नेपालखबरलाई जानकारी दिए। 

ती प्रतिनिधिका अनुसार, दुई पक्षबीचको झडपका कारण अहिले सम्मेलनस्थलको अवस्था तनावपूर्ण बनेको छ।

अखिल क्रान्तिकारीको सम्मेलन वर्षा र बाढीपहिरोले मुलुक आक्रान्त भएपछि केही दिनको लागि स्थगित भएको थियो।

सम्मेलनका अरु प्रक्रिया पूरा भए  पनि निर्वाचन प्रक्रिया भने अझै सुरु भएको छैन। 

सम्मेलनको उद्घाटन सत्रमा अध्यक्ष प्रचण्डले आफूहरूको कुनै हस्तक्षेप पनि नगर्ने दाबी गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .