ad ad

राजनीति


भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ- रेनु दाहाल

भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ- रेनु दाहाल

नेपालखबर
असोज १६, २०८१ बुधबार २२:२२, काठमाडौँ

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताएका छन्। 

चितवन अटोमोबाइल डिलर्स एशोसिएसनले यहाँ आजदेखि आयोजना गरेको पहिलो ‘काडा अटो एक्स्पो’ को उद्घाटन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ठूलो चार्जिङ स्टेशन बनाउन लागेको बताए।
 
स्टेशनका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराउने र प्राधिकरणले छिट्टै निर्माण गर्ने उनले जानकारी दिए। यसका अतिरिक्त सार्वजनिकस्थलमा महानगरपालिकाकै लगानीमा चर्जिङ स्टेशन बनाउन लागेको बताए।
 

महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका–३ नगरवनको छेउमा अटोल्याण्ड बनाउन लागिएकोमा स्थानीयले नबुझेर अवरोध गरेको बताए। ‘सरोकारवालाहरुले अग्रसरता देखाएर काम गर्ने वातावरण बनाउनुपर्छ,’ उनले भने।
 
कार्यक्रममा एशोसिएशनका अध्यक्ष राजन पियाले चार्जिङ स्टेशन, अटोल्याण्ड, मोटर्स स्पोर्सका लागि ट्रयाक निर्माणमा महानगरपालिकाको सहयोगको अपेक्षा गरे। 

एशोसिएसनले पहिलो पटक सबैको साथ र सहयोगबाट चितवनमै यो कार्यक्रम गर्न सफल भएको बताए।
 
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विद्युतीय मोटरले देशको अर्थतन्त्र बलियो बनाउन मद्दत पुग्ने बताउँदै उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओली, उद्योग सङ्घ चितवनका कार्यवाहक अध्यक्ष मदन घिमिरे, च्याम्बिर अर्फ कमर्स चितवनका अध्यक्ष गोपाल भट्टराई, एशोसिएशनका पूर्वअध्यक्ष ईश्वर श्रेष्ठलगायतले जिल्लामा पहिलो पटक यति ठूलो कार्यक्रम गर्न पाएको बताए।
 
एक्स्पोमा २८ वटा स्टल रहेका छन्। ती स्टलमा २५ भन्दा बढी कम्पनीका कार, जीप, मोटरसाइकललगायत सवारीसाधन रहेका छन्।

यही असोज १९ गतेसम्म सञ्चालन हुने एक्स्पोमा करिब ८० प्रतिशत विद्युतीय सवारीसाधन रहने छन्। एशोसिएसनले यसअघि भुटान र भारतसम्म मोटर र्‍याली, देवघाट हलेसी माउन्ट एभरेष्ट र्‍याली, मोटर जिमखाना जस्ता कार्यक्रम गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .