ad ad

राजनीति


राष्ट्रियसभा विपक्षी दलको नेतामा राधेश्याम अधिकारी

राष्ट्रियसभा विपक्षी दलको नेतामा राधेश्याम अधिकारी

नेपालखबर
फागुन २७, २०७६ मंगलबार १४:१७,

नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनित गरेको छ।

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम अधिकारीलाई संसदीय दलको नेतामा मनोनयन गरेका निजी सचिव केशवराज जोशीले जनाएका छन्।

यसअघिका संसदीय दलको नेता सुरेन्द्र पाण्डेको यही फागुन २० गतेदेखि दुई वर्षे कार्यकाल सकिएपछि सो पद रिक्त थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .