ad ad

राजनीति


सभामुखसँग भारतीय राजदूूतको भेट

सभामुखसँग भारतीय राजदूूतको भेट

नेपालखबर
फागुन २७, २०७६ मंगलबार १४:५८,

सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७३ वर्ष पूरा भएको स्मरण गर्दै दुई देशबीच सरकार, संसद् र जनस्तरसम्म सम्बन्ध रहेको बताएका थिए।

नेपालमा २०७२ साल वैशाखमा विनाशकारी भूकम्पपछि उद्धार, राहत एवं पुनःनिर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिँदै उनले दुुई देशबीच पछिल्लो समय दूरगामी महत्वका सम्झौता भएकामा खुशी व्यक्त गरेका सभामुखको सचिवालयले जनाएको छ। साथै सभामुख सापकोटाले दुुवै देशमा बलियो र स्थायी सरकार रहेकाले सम्बन्ध थप विस्तारका लागि विरलै प्राप्त हुने अवसर रहेको उल्लेख गरेका थिए।

सो अवसरमा राजदूत क्वात्राले सापकोटालाई सभामुखमा निर्वाचित भएकामा बधाई दिँदै कार्यकाल सफलताको शुुभकामना व्यक्त गर्दै दुुई देशबीच वृहत र गहिरो सम्बन्ध रहेको तथा आगामी दिनमा यो सम्बन्ध अझ विस्तार हुँदै जाने विश्वास व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .