ad ad

राजनीति


राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ९:२२,

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्।

‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २०७७ साल बैशाख २६ गते शुक्रबारको दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छु,’ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद सचिवालयलाई पठाएको पत्रमा भनिएको छ।

bigypatirastra

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सोहि मिति र समयमा संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक प्रवाधान रहेको छ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक ल्याउनुपर्ने हुन्छ।

याे पनि:
वैशाख २६ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .