ad ad

कारोबार


खानेपानीको महशुल मोबाइलबाटै

खानेपानीको महशुल मोबाइलबाटै

वाशुदेव मिश्र
बैशाख २१, २०७७ आइतबार ९:२४,

नेपाल खानेपानी संस्थानले उपभोक्तालाई मोबाइलबाटै पैसा तिर्ने व्यवस्था मिलाएको छ। संस्थानले देश भरका २४ शाखामध्ये ठूलो शाखा पोखरा शाखाका उपभोक्तालाई अनलाइन एपमार्फत पैसा तिर्ने व्यवस्था गरेको हो।

पोखरा शाखाका कार्यालय प्रमुख इन्जिनियर आशीष कार्कीले पोखरेली उपभोक्ताको हितमा संस्थानले यो सेवा सुरु गरेको प्रतिक्रिया दिए। गत फागुनदेखि अनलाइन बिलिङ प्रणाली सुरुआत गरेको संस्थानले लकडाउनको समयमा घरमै बसेर पैसा तिर्ने व्यवस्था गरेको हो।

पोखरा शाखासँगै विन्ध्यवासिनी र हेमजाशाखाबाटसमेत इसेवा, प्रभु टेक्नोलोजी र खल्ती पेमेन्टमार्फत् रकम तिर्न सकिने कार्यालय प्रमुख कार्कीले बताए।

पोखरा, हेमजा र विन्ध्यवासिनीसहित करिव ४५ हजार धाराका उपभोक्ताले सहजरुपमा नियमित पानी महशुल तिर्न सहज भएको नेपाल खानेपानी संस्थान हेमजाका शाखा प्रमुख दिनेश्वरप्रसाद यादवले जानकारी दिए। प्लाज्मा टेक्नोलोजिस्ट काठमाडौंले अनलाइन पेमेन्ट सेवा प्रदान गरेको हो।

उपभोक्तालाई सहज पेमेन्ट गर्न सकिने व्यवस्था गर्ने केन्द्रीय नीति अनुरुप कम्पनीले सबै शाखामा सेवा विस्तार गरिँदै लैजाने योजनासहित संस्थान प्रधान कार्यालयले प्रभु टेक्नोलोजी प्रालि, इसेवा र खल्ती पेमेन्टसँग सम्झौता गरिसकेको छ। इसेवा एप डाउनलोडगरी व्यक्तिगत आइडीमार्फत् खानेपानीको धारा देखिएको चिह्नमा खानेपानी संस्थान पोखरा पार्दी र खानेपानी संस्थान पोखरा विन्ध्यवासिनी र खानेपानी संस्थान हेमजामा आफ्नो ग्राहक नम्बर भरेर पैसा तिर्न सकिने छ।

एपमा कति रकम तिर्नुपर्ने, जरिवाना कति लागेको छ, छुट रकमसहित देखाउँछ। तिर्नुपर्ने रकम बैंक खाताबाट भुक्तानी गर्न सकिने छ।

संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले सिंगो संस्थानका उपभोक्ताले असार मसान्तसम्ममा इसेवा, खल्ती, प्रभु टेक्नोलोजी, एनआइसी एसिया बैंक र स्प्यारो इपेमेन्टमार्फत् पानीको महशुल तिर्ने व्यवस्था गरिसकिने बताए।

संस्थानको कार्यक्षेत्र पोखरा, बुटवल, भद्रपुर, विराटनगर, धरान, राजविराज, लाहान, जनकपुर, जलेश्वर, गौशाला, मलंगवा, गौर, कलैया, बनेपा, विरगञ्ज, भैरहवा, तौलिहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर लगायत शाखाका उपभोक्तालाई सेवा दिन लागेको नेपाल खानेपानी संस्थानका महाप्रबन्धक भुपेन्द्र प्रसादले जानकारी दिए। संस्थानले करिव १ लाख ४२ हजार उपभोक्तालाई मासिक महशुल तिर्न सहज बनाउने संस्थानको नीति रहेको अर्थ महाशाखा प्रमुख रामशरण रायमाझीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .