ad ad

राजनीति


अर्थमन्त्रीले भने : आगामी वर्षका क्रियाकलाप आकलन गर्न नसेकाका कारण बजेट घटाएँ

अर्थमन्त्रीले भने : आगामी वर्षका क्रियाकलाप आकलन गर्न नसेकाका कारण बजेट घटाएँ

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार १०:१६,

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आगामी वाषर्् हुने क्रियाकलापको आकलन गर्न नसकेका कारण बजेटको आकार घटाएको बताएका छन्।

शुक्रबार पोस्ट बजेट छलफलमा अर्थमन्त्री खतिवडाले कोरोना भाइरसका कारण आगामी वर्ष हुने आर्थिक क्रियाकलापको आकलन गर्न नसकेका कारण बजेट घटाएको बताए।

‘कोरोना संक्रमणको कारण आगामी वर्ष कस्ता किसिमका आर्थिक क्रियाकलाप हुन्छन्, अर्थतन्त्र कसरी अगाडि बढ्छ भन्ने कुराको विश्वले नै आकलन गर्न सकको छैन’, उनले भने, ‘मैले पनि त्यसको स्पष्ट आँकलन गर्न नसकको कारण बजेटको आकार घटाएको हुँ।’

बिहीबार आफूले ल्याएको बजेटको विषयमा प्रतिक्रिया दिने क्रममा उनले विश्वको ठूला अर्थशास्त्रीले समेत आगामी वर्षको आर्थिक गतिविधिको आकलन गर्न नसकको बताए।

विशेषगरी थला परेको क्षेत्रलाई उत्थान गर्ने र छिटो प्रतिफल दिने क्षेत्रलाई समेटेर बजेट निर्माण गरेको उनको भनाइ थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .