ad ad

राजनीति


कांग्रेसको निष्कर्षः कोरोना नियन्त्रण गर्न सरकार पूर्ण असफल

कांग्रेसको निष्कर्षः कोरोना नियन्त्रण गर्न सरकार पूर्ण असफल

नेपालखबर
जेठ २६, २०७७ सोमबार १६:३,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पुर्ण रुपमा असफल भएको निष्कर्ष निकालेको हो। सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै कांग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने भएको छ।

केन्द्रीय सदस्य रमेश लेखकले कोभिड १९ को नियन्त्रणका निम्ति पुर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय बैठकले गरेको जानकारी दिए।

पर्याप्त स्वास्थ्य सामाग्री आपुर्ति गर्न नसक्नु, आपुर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टिन नहुनु, क्वारेन्टिनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको ठहर कांग्रेसले गरेको छ। आइसोलेसन सेन्टर सँगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु तथा राहत सामाग्रीको वितरण उचित र न्याय पुर्ण नहुनुलाई सरकारको कमजोरीको रुपमा कांग्रेसले चित्रण गरेको छ।

संकटको बेला पनि सरकारी राहतमा राजनीतिकरण भएको तथा लकडाउनका कारण भोकमरीले जनताको ज्यान जान थालेकाले जनताले देशमा सरकार भएको अनुभुति गर्न नसकेको निष्कर्ष कांग्रेसले निकालेको छ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ। त्यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र सञ्चारकर्मी लगायत कोभिड १९ विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .