ad ad

राजनीति


नागरिकता कानुन संशोधनमा कांग्रेसको पाँचबुँदे फरक मत

नागरिकता कानुन संशोधनमा कांग्रेसको पाँचबुँदे फरक मत

नेपालखबर
असार ७, २०७७ आइतबार १०:२८,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकता कानुन संशोधनमा पाँच बुँदे फरक मत राखेको छ।

कांग्रेसले अहिले संसदमा छलफलमा रहेको नागरिकता ऐनमा नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले अंगीकृत नागरिकता पाउन लगातार ७ वर्ष नेपालमा बस्नुपर्ने भनी पेस गरिएको संशोधन प्रस्तावमाथि फरकमत राखेको हो। यो प्रस्तावले संविधान नै संशोधन गर्न खोजेको कांग्रेसको दावी छ।

नयाँ संसिवधान जारी गर्ने क्रममा दलहरुबीच नागरिकतासम्बन्धी व्यवस्थामा अन्तरिम संविधानकै व्यवस्था कायम गर्न सहमति भएको कांग्रेसको दावी छ। ‘संघीय कानुन बनाउँदा संविधानसँग नबाझिने गरी बनाउनुपर्नेमा हाल प्रस्तावित नेपाल नागरिकता विधेयकको संशोधित व्यवस्थाले संविधान नै संशोधित हुने भएकाले यो त्रुटीपूर्ण छ’, कांग्रेसको फरकमतको दोस्रो बुँदामा भनिएको छ।

 आइतबार कांग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडु, डिला संग्रौला, देवेन्द्रराज कँडेल, अमरेश कुमार सिंह, विनोद चौधरी र मीना पाण्डेले समिति सचिवालयमा फरक मत दर्ता गराएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .