ad ad

राजनीति


चीनको सीमामा सैनिक संख्या बढाएको भारतले स्वीकार्‍यो

चीनको सीमामा सैनिक संख्या बढाएको भारतले स्वीकार्‍यो

नेपालखबर
असार १२, २०७७ शुक्रबार ९:३८,

सीमा क्षेत्रमा चीनले विशाल संख्या सेना र हतियार तैनाथ गरेपछि त्यही अनुसार आफूले पनि सैनिक संख्या बढाउनुपरेको भारतले बताएको छ।

पछिल्लो समय भारत र चीनबीच सीमामा तनाव बढ्दै गएको छ।

‘मे महिनाको सुरुदेखि नै चिनियाँ पक्षले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा ठूलो संख्यामा सेना र हतियार तैथान गरिरहेको थियो,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबारको पत्रकार सम्मेलनमा भने, ‘यो द्विपक्षीय सम्झौताविपरीत थियो।’

त्यसलाई काउन्टर दिन भारतले पनि सेना तैनाथ गरेको श्रीवास्तवले बताए।

सीमा क्षेत्रमा चीनलाई टक्कर दिनेगरी सेना तैनाथ गरेको भारतले पहिलो पटक स्वीकार गरेको हो। चिनियाँ सेनाको संख्या बढेसँगै भारतले पनि सीमामा सेनाको संख्या बढाएको र त्यसपछि झडपको स्थिति उत्पन्न भएको श्रीवास्तवले बताए।

जुन १५ मा २० भारतीय सैनिकको ज्यान जानेगरी भएको झडपका भारतका कारण भएको चीनको आरोप छ। जसलाई भारतले अस्वीकार गर्दै आएको छ।

झडपपछि दुवै पक्षबीच तनाव कम गर्ने सहमति भएको थियो। यद्यपि भारतले दाबी गरेको भूमिमा चीनले सैन्य संरचना बनाएको स्याटलाइट तस्बिरमा देखिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .