नेपाली कांग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लंघन गरेको आरोपमा निष्काशन गरेको छ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले पार्टीको विरुद्धमा सार्वजनिक रुपमा अभिव्यक्ति दिई अनुशासन उल्लंघन गरेकाले उनलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। रासस
प्रतिक्रिया