ad ad

राजनीति


प्रधानमन्त्री ओलीकै सक्रियता र पहलमा एमाले दर्ता भएको हो : प्रचण्ड

प्रधानमन्त्री ओलीकै सक्रियता र पहलमा एमाले दर्ता भएको हो : प्रचण्ड

नेपालखबर
साउन ९, २०७७ शुक्रबार १०:१७,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाकै अर्का अध्यक्ष केपी शर्मा ओलीको संक्रियता र पहलमा एमाले पार्टी दर्ता भएको बताएका छन्।

शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्रको मतभेदतर्फ संकेत गर्दै यस्तो बताएका हुन्। उनले अहिले पार्टी गम्भीर संकटमा रहेको बताए।

उनले पार्टी स्थायी समितिको बैठक चल्दै गरेको समयमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सक्रियता र पहलमा निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ताका प्रक्रिया अगाडि बढेको बताए।

‘पार्टी संकटमा छ, ठीकठाक छ भनेर मैले भने भने त्यो सत्य होइन’, अध्यक्ष प्रचण्डले भने, ‘किनकि पार्टीको बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमालेको नाममा पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षको सक्रियता र पहलमा भएको छ।’ उनले यसले थप संकट बढाएको बताए।

उनले पार्टी एकताका विषयमा छलफल भइरहेका बेला देशभरी केही कार्यकर्तालाई नारा जुलुसमा लगाउने काम भइरहेको बताए। उनले कार्यकर्तालाई नाराजुलुसमा नभइ एकताका पक्षमा लाग्न समेत निर्देशन दिए।

याे पनि:
कसैले जबज, कसैले माओवाद जिन्दावाद भन्यो भने एकता रहँदैनः प्रचण्ड
प्रधानमन्त्री ओलीकै सक्रियता र पहलमा एमाले दर्ता भएको हो : प्रचण्ड
पार्टीको बैठक बस्न पनि ठूलो कसरत गर्नुपर्ने अवस्था आयो : प्रचण्ड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .