ad ad

राजनीति


बाइडेन र ह्यारिसको संयुक्त सम्बोधन: ट्रम्पका नीतिहरु असफल

बाइडेन र ह्यारिसको संयुक्त सम्बोधन: ट्रम्पका नीतिहरु असफल

नेपालखबर
साउन २९, २०७७ बिहिबार ८:२२,

विगतमा बाइडेन र ह्यारिसबीच अमेरिकी समाजका मुद्दाहरुलाई लिएर तिब्र मतभेद र विमती हुँदै आएको थियो। तर बाइडेनले उपराष्ट्रपति पदका लागि ह्यारिसलाई मनोनयन गरेसँगै दुबैबीच ऐतिहासिक पहिलो उपस्थिति भएको हो।

बुधबार डेमोक्र्याटिक पार्टीका तर्फबाट टिकट सुनिश्चित भएका दुई उम्मेदवारको संयुक्त कार्यक्रममा कोरोनाभाइरसका कारण तडकभडक हुन पाएन।

अमेरिकी समाजमा राष्ट्रपति पदका उम्मेदवारलाई ठूलो जनसमूहले स्वागत र अभिवादन गर्ने प्रचलन रहे पनि कोरोना भाइरसका कारण अति सानो संख्याका मानिसलाई मात्र उक्त कार्यक्रममा उपस्थित हुन दिइएको थियो।

उपराष्ट्रपतिको उम्मेदवारी घोषणा कार्यक्रम एउटा माध्यमिक विद्यालयको खाली जिममा आयोजना गरिएको थियो। कार्यक्रममा चुनावी अभियानका सहयोगी र उम्मेदवारका परिवारको संख्याभन्दा संवाददाताहरुको संख्या बढी थियो।

कार्यक्रममा बाइडेन र ह्यारिसले एक शताब्दीमा सबैभन्दा गम्भीर सार्वजनिक स्वास्थ्य संकटको सामना गर्न अमेरिका असमर्थ भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका थिए। ह्यारिसले ट्रम्प प्रशासनमाथि कडा शब्दमा निन्दा गरेका थिए।

ह्यारिसले भन्नुभयो, “यो भाइरसले विश्वका सबैजसो मुलुकलाई असर पारेको छ । तर अरु विकसित मुलुकभन्दा अमेरिकालाई भाइरसले बढी आक्रान्त बनाएको छ र त्यसको कारण छ । यसको मूल कारण भनेकै भाइरस फैलिन थाल्नुअघि नै ट्रम्पको विफलताले अहिलेको विषम अवस्था सिर्जना भएको हो ।”

उहाँले भनेकी छन्,“हामीले उपयुक्त व्यक्ति नछान्दाको यो परिणाम हो।”

अमेरिकाको कुनै पनि प्रमुख दलबाट उपराष्ट्रपति पदमा टिकट प्राप्त गर्ने उनी पहिलो अश्वेत महिला हुन्। ह्यारिस र बाइडेन दुबैले ह्यारिसको छनौटप्रति खुशी व्यक्त गर्नु गरका थिए।

राष्ट्रपति ट्रम्पले बाइडेन–ह्यारिसको उम्मेदवारीमाथि विगतझैं कडा टिप्पणी गरेका छन्। उनले डेमोक्र्याट्सलाई अति उदारवादी तर त्यति प्रगतिशील नरहेको आरोप लगाए।

उनले गत वर्षको प्राथमिक चुनावी अभियानमा दुबैबीच व्यापक असहमति रहेको पनि उल्लेख गरेका थिए।

तर विल्मिङटनको समारोहमा बाइडेन र ह्यारिसले एक अर्काप्रति स्पष्ट स्नेह देखाए। दुबैले विगतमा सँगै काम गर्दाका अनुभव सुनाएका थिए।

ह्यारिसले जाति र नागरिक अधिकारका मुद्दाहरूमा बाइडेनका योजनामा पूर्ण समर्थन र प्रतिरक्षा गर्ने संकेत गरेकी छिन्।

बाइडेन–ह्यारिसको संयुक्त कार्यक्रम भएलगत्तै २४ घण्टाको अवधिमा चुनावी अभियानका लागि ठूलै धनराशि प्राप्त भएको भन्दै यसबाट दुबै उम्मेदवारमाथि ठूलो समर्थन रहेको देखाएको छ।

बाइडेनले करिब एक लाख ५० हजार मानिसले पहिलोपटक चुनावी अभियानका लागि चन्दा दिएको बताएका छन्। २४ घण्टाको अवधिमा करिब २ करोड ६० लाख डलर संकलन भएको थियो। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .