ad ad

समाज


हेटौँडामा ट्रक र अटो ठोक्किए, दुईको मृत्यु, एक घाइते

हेटौँडामा ट्रक र अटो ठोक्किए, दुईको मृत्यु, एक घाइते

नेपालखबर
साउन २९, २०७७ बिहिबार ८:१५,

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ मा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ अटो बिहीबार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौं‌डा–३ स्थित तीनताप्केमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एससपी सुशीलसिंह राठौरले दुई जनाको मृत्यु भएको र मृतकको सनाखत भइनसकेको बताए। उनले मृतक दुवैजना अटोमा सवार व्यक्ति भएको जानकारी दिए।

‘दुर्घटनामा दुई जनाको मृत्यु भएको छ, मृतक दुवैजनाको सनाखत भइसकेको छैन’, नेपालखबरसँग कुरा गर्दै एसपी राठौरले भने।

एसपी राठौरले दुर्घटनामा परेर गम्भीर घाइते भएका अटो चालकको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .