बाढी र पहिरोबाट बढि प्रभावित भएका ३० जिल्लालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नगद सहयोग गरेको छ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पहिलो चरणमा ३० जिल्लालाई प्रतिजिल्ला एक लाख ५० हजार रुपैयाँका दरले सहयोग प्रदान गरिएको छ।
‘नेपाली कांग्रेस हरेक मानवीय पीडामा मल्हम लगाउन सदैव अग्रपंक्तिमा कार्य गर्दै आएको छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसक्रममा बाढी–पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको जिल्लास्तरीय अभियानलाई बल पुर्याउन नेपाली कांग्रेस केन्द्रीय समितिका तर्फबाट ४५ लाख रुपैयाँ बराबरको ‘स्नेहको सानो सहयोग’ का रुपमा एक लाख ५० हजार रुपैयाँका दरले पहिलो चरणमा निम्न ३० जिल्लामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका नाममा पठाइएको छ।’
कांग्रेसले पहिलो चरणमा लमजुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्की जिल्लालाई सहयोग गरेको हो।
Shares
प्रतिक्रिया