काठमाडौंमा सञ्चालित एक मासु पसलले ठूलो मात्रामा मरेका कुखुरा बेच्न राखेको भेटिएको छ।
काठमाडौं वडा नम्बर ३१, भीमसेनगोलामा रहेको बीएण्डबी मिटमार्टले २२ बोरा मरेका कुुखुरा बिक्री गर्न लुकाएर राखेको भेटिएको हो।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले सोमबार अनुगमन गर्दा उक्त मरेका कुखुरा भेटिएका थिए।
उपभोक्तालाई गुणस्तरहीन मासु बेचेको भेटिएपछि उक्त पसलको सञ्चालकलाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ।
प्रतिक्रिया