ad ad

राजनीति


महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसमा चुलियो विवाद

महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसमा चुलियो विवाद

नेपालखबर
भदौ २२, २०७७ सोमबार १०:४३,

पार्टीको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै गएको छ।

सभापति शेरबहादुर देउवाले आफूखुसी पार्टीका विभाग विस्तार गरिरहेको भन्दै इतर पक्षले असन्तुष्टि जनाउँदै आएका छन्। महाधिवेशनलाई प्रभावित गर्नेगरी सभापति देउवाले विभाग गठन गरिरहेको उनीहरुको आरोप छ। रामचन्द्र पौडेल र सिटौला पक्षका नेताहरुले सभापतिले आफ्ना निर्णय नसच्याए धर्ना दिनेदेखि लिएर आमरण अनसन बस्ने सम्मको चेतावनी दिएका छन। यता देउवा पक्षका नेताहरुले भने विभाग गठन र शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिने निर्णय स्वभाविक भएको दाबी गरेका छन।

नेता मिन विश्वकर्माले सभापति देउवाले गरेका निर्णयको बचाउ गरे। उनले विधान अनुसार ६ महिनाभित्र नै पार्टीका विभाग लगायत सबै अंगहरुलाई विस्तार गर्ने प्रयास गरेपनि सहमति जुट्न नसकेको बताए।

उनले भने, ‘सभापतिले सहमति गरौँ भन्दा सहमति पनि नहुने, सहमति नभएपछि निर्णय पनि नहुने, निर्णय नभएपछि पूर्णता कहिले नपाउने, जब पूर्णता नै पाउँदैनन् सभापति कमजोर हुनुहुन्छ। कमजोर भएपछि १४ औं महाधिवेशनमा पराजित गर्न सहज हुन्छ भन्ने इतर पक्षका साथीहरुको सोचाई हो।’

सभापतिले सर्वसम्मत निर्णय गरौं भनेर दबाव दिएपनि पौडेल पक्ष सहमतिमा आउन नचाहेको नेता विश्वकर्माले बताए।

उनले भने, ‘सर्वसम्मत निर्णय गरौं भन्दा सहमति पनि नदिने बहुमतबाट जान्छु भन्दा बहुमतले पार्टी डुबायो भन्ने। देउवाले प्रजातन्त्रको मर्ममाथि आक्रमण ग¥यो भन्ने साथीहरुले आफ्नो पद, व्यक्तित्व र पृष्ठभूमिलाई गिज्याएको देखिन्छ। नेतृत्वमा पुग्ने लक्ष्य राखेका। गौरबशाली इतिहास भएका साथीहरुले यस्तो टिप्पणी नगरेको नै राम्रो हुन्छ। र सभापतिले महाधिवेशनको पूर्वसन्ध्यामा यस्ता टिप्पणीहरुलाई सहज रुपमा लिनुपर्छ।’

कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिले विधान विपरित गरेका कामको विरोध गर्दा पनि आफ्ना कुरा नसुन्ने गरेको आरोप लगाए। पार्टीभित्र सभापतिले मनोमानी गरिरहेको उनको भनाई छ। सभापतिको निर्णय क्षमतामाथि नै प्रश्न उठ्ने गरी विभाग विस्तार गर्ने काम भएको उनले बताए।

उनले भने, ‘उहाँले मनोमानी गर्नुभयो। सभापतिले गरेका कामहरुको विरोध त गरिसकेका छौँ। उहाँ कुरा सुन्नुहुन्न महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुप-यो। किन की अरु विकल्प छैन। पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति भनेको सभापति हो तर उहाँको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न आयो। अहिले विभाग गठन भइरहेको छ। यो ९ महिनामा विभाग गठन गरेर के गर्नुहुन्छ? उहाँले मान्छे आकर्षित गर्नका लागि विभाग गठन गर्नुभयो भोटका लागि। भोलि महाधिवेशन आउँदैछ त्यसमा आकर्षित गर्नका लागि विभाग बनाउनुभयो। विभागको संख्या दिनप्रतिदिन बढाउँदै हुनुहुन्छ। मनपरी गर्दै हुनुहुन्छ। भेटेरपनि भनेका छौँ।’

सभापति देउवा विधानविपरीत अगाडि बढेको निष्कर्ष निकाल्दै पौडेल समूहले चरणवद्ध आन्दोलनको तयारी गरेको छ। विधानविपरीत भनिएका पछिल्ला निर्णयहरु फिर्ताका लागि सभापति देउवालाई दबाब दिन मौखिक र लिखित रुपमा ध्यानाकर्षणपत्र बुझाउनेदेखि आमरण अनशन बस्नेसम्मका दबाबमुलक कार्यक्रम गर्ने तयारी पौडेल समूहको छ। कांग्रेसको विधानतः ४ वर्षको कार्यकाल सकिएपछि तदर्थ समितिमा रुपान्तरण भएपछि सभापति देउवाले संगठनल विस्तार गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .