मन्त्री हेरफेर गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
एक मन्त्रीले नेपालखबरलाई दिएको जानकारीअनुसार नियमित बैठक सोमबार बस्ने गरेको भए पनि प्रधानमन्त्रीले एक दिनअघि नै बैठक आह्वान गरेका हुन्।
बैठक मध्याह्न १२ बजे बालुवाटारमा बस्ने ती मन्त्रीले जानकारी दिए। यसरी आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक किन बोलाइयो भन्नेबारे भने आफूलाई थाहा नभएको ती मन्त्रीको भनाइ छ।
‘कारण त थाहा भएन, तर प्रधानमन्त्रीज्यूले आकस्मिक रूपमा बैठक बोलाउनुभएको छ,’ आइतबार बिहान ती मन्त्रीले नेपालखबरसँग भने।
मन्त्रिपरिषद् एक दुई दिनभित्रै पुनर्गठन गर्ने विषयमा नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेका बेला मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ।
याे पनि : वामदेवको मुद्दा किनारा नलाग्दै मन्त्रिमण्डल पुनर्गठन गर्न कस्सिए प्रधानमन्त्री, जुट्ला सहमति?
Shares
प्रतिक्रिया